एलिभेसन इनर्जी म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने,बोलायो विशेष साधारणसभा
Last updated at 08:35 am
एलिभेसन इनर्जी म्यानेजमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ।
आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले आगामी जेठ २ गते काठमाडौंस्थित त्रिपुरेश्वरमा रहेको कम्पनीको कार्यालयमा बिहान ८ बजेदेखि विशेष साधारण सभा बोलाएको हो ।
कम्पनीको गत वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो ।
सभाले आईपीओ प्रस्तावलगायत कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र यस विषयमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तिायारी प्रदान गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।
Visited 18 times, 1 visit(s) today