आईपीओ निष्कासन गर्ने तयारीमा यूनिटेक हाईड्रोपावर
Last updated at 09:59 am
यूनिटेक हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ।
कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने मुख्य उद्देश्यसहित साधारण सभा बोलाएको छ । गत चैत २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वैशाख २० गते ललितपुरको कुपण्डोलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि सभा गर्ने निर्णय गरेको हो ।
सभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने र कम्पनीको वित्तीय एवं कार्ययोजनको विशेष प्रस्ताव पनि पारित गर्नेछ ।यसैगरी,सभाले गत आवको वित्तीय विवरण तथा कम्पनीको रजिष्टर्ड ठेगाना परिवर्तन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
Visited 4 times, 1 visit(s) today