२ जलविद्युत् कम्पनीद्वारा आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन
Last updated at 07:23 am
दुई अलग – अलग जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् ।
आरती पावर कम्पनी र मेवा डेभलोपर्स लिमिटेडले आईपीओ निष्कासनका लागि अनुमति माग्दै सेबोनमा गत फागुन ९ गते निवेदन दिएका हुन् ।
आरती पावरले १०० रुपैयाँ अंकित मूल्यमा कुल ३६ लाख कित्ता र मेवा डेभलोपर्सले १ करोड १२ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनसँग अनुमति मागेका हुन् ।
सेबोनबाट अनुमति पाएमा आरतीले ३६ करोड रुपैयाँ र मेवा डेभलोपर्सले १ अर्ब १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । आरती पावरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ भने मेवा डेभलोपर्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल छ ।
Visited 1 times, 1 visit(s) today