कालीगण्डकी गर्ज जलविद्युतमा लगानी सम्झौता,लक्ष्मी सनराइज बैंकको अगुवाई
Last updated at 05:27 pm
लक्ष्मी सनराइज बैंकको अगुवाईमा बैंक तथा अन्य वित्तीय संस्था रु र कालीगण्डकी गर्ज हाइड्रोपावर बीच १८० मेगावाट(मेवा) क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ।
कालीगण्डकी गर्ज जलविद्युत आयोजना मुस्ताङ्ग र म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमा निर्माण गरिने छउक्त परियोजनाले नेपालको नवीकरणीय उर्जा क्षेत्रमा ठूलो योगदान पुर्याउने र ऊर्जा सुरक्षा बढाउने अपेक्षा छ।
कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले विद्युत् विकास विभागबाट २०७५, फागुन २७ मा विद्युत् उत्पादनको अनुमति पाएर २०७९ सालको फागुन १७ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौतासमेत गरिसकेको छ।
यो परियोजना निर्माणका लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सह-वित्तीयकरणमा सहभागी बैंकहरुले कुल लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन्। बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक र सर्वसाधारणबाट जुटाइनेछ। लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ९ अर्ब रुपैयाँ छ । यसमा ग्लोबल आइएमइ बैंक, सिद्धार्थ बैंक र अन्य बैंकहरुले पनि लगानी गर्नेछन्।
आयोजना सम्पन्न भएपछि कालीगण्डकी गर्ज जलविद्युत आयोजना २०२९ सालसम्म निर्माण पूरा गरेर विद्युत उत्पादन शुरु गर्ने अपेक्षा छ।
यो आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान भएर वार्षिक करिब १ हजार ५६ गिगावाट आवर विद्युत उत्पादन गर्ने क्षमता राख्नेछ। यसले नेपाललाई ठूलो स्वतन्त्र ऊर्जा उत्पादकका रुपमा स्थापित गर्नेछ।यस आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ छ।