नाडा र भन्सार विभाग बीच आगामी बजेटबारे छलफल
Last updated at 07:14 pm
नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल(नाडा) र भन्सार विभाग बीच बुधबार आगामी बजेटबारे छलफल भएको छ ।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग भेट गरी आगामी बजेटमा आवश्यक व्यवस्था बारे अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा छलफल गरेको हो ।
उक्त भेटघाट तथा छलफलको क्रममा महासचिव सुरेन्द्रकुमार उप्रेतीले नाडाका विभिन्न समितिहरूमा छलफल गरी तयार गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धी सुझावहरू पेश गरेका थिए । महासचिव उप्रेतीले नाडाले स्वच्छ व्यवसायका लागि वातावरण तयार गर्न सरकारलाई सुझाव दिँदै आएको उल्लेख गरे ।
सोही क्रममा महानिर्देशक भट्टराईले व्यवसायीहरूले स्वच्छ व्यवसायलाई आत्मसाथ गर्नुपर्ने बताए । सो छलफलमा नाडाका सचिव विक्रम सिंहानिया,कोषाध्यक्ष मिलनबाबु मल्ल,लुब्रिकेन्टस् समितिका उप–सभापति दिपक कुमार, सदस्य अमरज्योति रन्जितकर र अंकुर खनाल समेतको उपस्थिति थियो ।