टिकटकको बिक्री गर्ने समयसीमा तेस्रो पटक पनि थप
Last updated at 12:23 pm
चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकको बिक्रीको समयसीमा तेस्रो पटक पनि बढाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसपटक पनि टिकटक बेच्न यसको माउ कम्पनी बाइटडान्सलाई ९० दिनको राहत दिएका हुन् ।
उनले यसै हप्ता टिकटकका चिनियाँ मालिकलाई एप बेच्ने समयसीमा बढाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने योजना छ ।
यसअघि ट्रम्पले अप्रिलको शुरुवाती हप्तामा टिकटकलाई अमेरिकामा ७५ दिन चलाउन अनुमति दिएका थिए । यसपछि, अमेरिकी कम्पनीलाई टिकटक बेच्ने सम्झौता स्थगित गरिएको थियो ।
पछिल्लो म्याद थप ९० दिनको लागि रहनेछ, जुन समयमा प्रशासनले सम्झौता सम्पन्न भएको सुनिश्चित गर्न काम गर्नेछ ताकि अमेरिकी जनताले आफ्नो डेटा सुरक्षित रहेको सुनिश्चितताका साथ टिकटक प्रयोग गर्न जारी राख्न सकुन् ।
जी७ शिखर सम्मेलनमा भाग लिएर क्यानडाबाट स्वदेश फर्कने क्रममा ट्रम्पले मंगलबार बिहान एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गरेका थिए । यस समयमा, उनले सम्भवतः फेरि समयसीमा बढाउने बताएका थिए । ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङले अन्ततः टिकटकको बिक्रीलाई अनुमोदन गर्ने कुरामा आफू विश्वस्त रहेको पनि बताए ।
टिकटकको मूल कम्पनी बाइटडान्स चिनियाँ कम्पनी हो । यो एपले प्रयोगकर्ताहरूको डेटा चीन सरकारलाई दिने गरेको भन्ने अमेरिकालाई डर छ । यसलाई राष्ट्रिय सुरक्षाको लागि खतरा भन्दै अमेरिकाले एउटा कानून पारित गरेको थियो जसमा बाइटडान्सले टिकटकको स्वामित्व अमेरिकी कम्पनीलाई हस्तान्तरण गर्नुपर्ने वा देशमा यसको सञ्चालन बन्द गर्नुपर्नेछ ।एजेन्सी