अन्तत : चीन र अमेरिका भन्सार महसुल ११५ प्रतिशतले घटाउन सहमत
Last updated at 08:29 pm
अन्तत : अमेरिका र चीन बीच भन्सार महसुल घटाउने सहमति भएको छ । ती दुई देशले एक अर्कामाथि लगाएको उच्च भन्सार दर ९० दिनका लागि घटाउने निर्णय गरेका छन्।
स्वीट्जरल्याण्डको जेनेभामा शनिबार र आइतबार दुई दिनसम्म चलेको अमेरिका-चीन व्यापार वार्तामा दुवै देशले एक अर्कालाई लगाएको भन्सार दरमा ११५ प्रतिशत घटाउने सहमति भएको छ। बीबीसीका अनुसार सोमबार दुई पक्षीय वार्तापछि संयुक्त वक्तव्य जारी गरिएको छ।
जसअनुसार हाल दुवै देशले एक अर्कामाथि लगाएको उच्च भन्सार ९० दिनसम्मका लागि रोक्ने निर्णय पनि भएको छ।
यसैगरी,अमेरिकाले चीनमाथि लगाएको १४५ प्रतिशत घटाएर ३० प्रतिशतमा झार्ने र चीनले अमेरिकामाथि लगाएको १२५ प्रतिशतबाट १० प्रतिशतमा झार्ने सहमति भएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अप्रिल २ मा सबै देशलाई १० प्रतिशत भन्सार महसुल र प्रतिस्पर्धीहरूलाई उच्च पारस्परिक महसुल लगाउने घोषणा गरेका थिए।
उनले आठ वटा देशलाई ४० प्रतिशतभन्दा बढी भन्सार लगाउने घोषणा गरेका थिए। मुख्य प्रतिस्पर्धी चीनलाई ३४ प्रतिशत र भारतलाई २७ प्रतिशत भन्सार तोकेका थिए। अमेरिकासँग घनिष्ठ सम्बन्ध भएको यूरोपियन यूनियनलाई पनि २० प्रतिशत भन्सार लगाएका थिए।
एक अर्कालाई बढाएको भन्सार दर घटाएर सामान्य अवस्थामा पुग्ने भएपछि दुई देशका व्यवसायीहरू उत्साहित भएका छन्।जेनेभा सहमतिको कार्यान्वयन मे १४ देखि हुने बताइएको छ । एजेन्सीहरु