स्काइपलाई पूर्णरुपमा बन्द गर्ने योजनामा माइक्रोसफ्ट
Last updated at 09:54 am
अमेरिकी सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले भिडियो–कलिङ एप स्काइपलाई बन्द गर्ने योजना बनाएको छ ।
सन् २०११ मा माइक्रोसफ्टले ८ अर्ब ५० करोड डलरमा खरिद गरेको थियो।यसका लाखौं ग्राहक छन् ।हुन त जतिखेर अहिले जस्तो जुम वा गुगल मिट थिएन, त्यतिखेर स्काइप अत्यन्त लोकप्रिय थियो। तर, अबको केही समय अर्थात् मे ५ देखि स्काइप सदाको लागि बन्द हुने भएको छ।
प्रविधिको दुनियाँमा सृजनशीलताले कसैलाई पनि पर्खिबस्दैन भन्ने उदाहरण बन्दको संघारमा रहेको स्काइपलाई लिन सकिन्छ।कुनै समय स्काइप प्राविधिक उपकरण मात्रै थिएन। यो कामकाजी मानिसहरूको दैनिकी नै बनेको थियो।स्क्रिन सेयर गर्न, फाइल पठाउन होस् वा माइक्रोसफ्टको आउटलुकसँग अन्तरआबद्धता गर्न सकिने स्काइप त्यो बेला प्रविधिक रूपान्तरण नै थियो।
सन् २०२४ सम्ममा स्काइपका प्रयोगकर्ता ३ करोड हाराहारी थियो। तर, माइक्रोसफ्टले यसमाभन्दा बढी माइक्रोसप्ट टिम्समा ध्यान दिन थालेको थियो। माइक्रोसप्ट टिम्समा ३२ करोड हाराहारी प्रयोगकर्ता छन्। यसबारे कम्पनीले सामाजिक सञ्जाल एक्समार्फत् एक सूचना जारी गर्दै स्काइपका प्रयोगकर्ताले च्याटहरु र कन्ट्याक्टहरु जोडिरहन माइक्रोसफ्ट टीमसँग साइनअप गर्न सक्ने जनाएको छ ।
यसअघि सन् २०१९ मा ब्लाकबेरी म्यासेन्जर, सन २०१४ मा अरकाट र सन् २०१८ मा याहु म्यासेन्जर बन्द भइसकेका छन्। एजेन्सीहरु