डोनाल्ड ट्रम्पद्वारा नेपालसहितका देशमा नयाँ भन्सार शुल्क लागू, विश्वभर हलचल
Last updated at 10:06 am
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि नयाँ पारस्परिक भन्सार शुल्क नीति लागू गरेका छन्। यो नीति अनुसार सबै देशबाट अमेरिकामा आयात हुने सामानमा १०प्रतिशत आधारभूत शुल्क लाग्नेछ भने कुनै देशले अमेरिकी सामानमा लगाउने शुल्कको आधारमा थप शुल्क निर्धारण गरिनेछ। यो नियम अप्रिल ५ बाट आधारभूत शुल्क र अप्रिल ९ बाट पारस्परिक शुल्कको रूपमा कार्यान्वयनमा आउनेछ।
कुन देशमा कति शुल्क ?
ट्रम्पले घोषणा गरेको यो नीतिमा मख्य देशहरूमा लाग्ने शुल्क दर निम्नानुसार छन् :
चीन : ४५ %
युरोपेली संघ : २०%
जापान : २४%
भारतस् २६५
दक्षिण कोरिया : २५%
भियतनाम : ४६%
क्यानडा : १५%
मेक्सिको : १८%
ब्राजिल २२%
रुस : ३०%
टर्की : २८%
अष्ट्रेलिया : १४%
थाइल्याण्ड : ३२%
इन्डोनेसिया : २७%
दक्षिण अफ्रिका : २१%
नेपाल : १०%(आधारभूत शुल्क)
नेपालको हकमा थप पारस्परिक शुल्क लागू गरिएको छैन किनभने नेपालले अमेरिकी सामानमा तुलनात्मक रूपमा कम शुल्क लगाउँछ। तर छिमेकी देश भारतमा २६५ शुल्क लाग्नेछ, जसले क्षेत्रीय व्यापारमा असर पार्न सक्छ।
नेपालबाट अमेरिकामा निर्यात हुने मुख्य सामानहरू जस्तै हस्तकला, गलैंचा र तयारी पोशाकमा १०५ शुल्क लाग्नेछ। यसले अमेरिकी बजारमा यी सामानको मूल्य बढाउन सक्छ र माग घट्न सक्ने सम्भावना छ। नेपालको अमेरिकासँगको व्यापार सानो भए पनि यो शुल्कले नेपाली निर्यातको प्रतिस्पर्धी क्षमतालाई कमजोर बनाउन सक्छ।
यो शुल्कले विश्वभर हलचल ल्याएको छ र विश्व व्यापारमा ठूलो प्रभाव पार्ने अनुमान छ। धेरै देशले जवाफी शुल्क लगाउने तयारी गरिरहेका छन्, जसले व्यापार युद्धको जोखिम बढाएको छ। अमेरिकी उपभोक्ताले पनि आयातीत सामानको मूल्यवृद्धिको मार खेप्नुपर्ने देखिन्छ।ट्रम्पले यो कदमलाई अमेरिकी उद्योग र रोजगारी संरक्षणको उपाय भनेका छन्, तर यसको दीर्घकालीन असरबारे बहस जारी छ।
विश्व भरका नेताको कडा प्रतिक्रिया
अमेरिकी राष्ट्रपति ट्रम्पले करवृद्धिको घोषणा गरेपछि धेरै देशका नेताहरुले प्रतिक्रिया दिएका छन् । ट्रम्पले अप्रिल २ देखि विभिन्न देशमाथि ट्यारिफको सूची सार्वजनिक गरेपछि विश्वका नेताहरुले प्रतिक्रिया जनाएका हुन् ।
स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले भन्छन्, ‘हामी बढ्दो व्यापारमा बाधा पुर्याउन चाहँदैनौं। हामी व्यापार युद्ध चाहँदैनौं। हामी अमेरिकासँग व्यापार र सहयोगको बाटोमा फर्कन चाहन्छौं, ताकि दुवै देशका जनताले राम्रो जीवन बिताउन सकून्।’ त्यसैगरी, दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान दुक सुले विश्वव्यापी व्यापार युद्धको वास्तविकतालाई स्वीकार गर्दै यस व्यापार संकटसँग जुध्न सरकारले आफ्नो सबै क्षमता प्रयोग गर्नुपर्ने बताए ।
त्यस्तै, कोलम्बियाका विदेश मन्त्री लौरा साराबियाले देशका उद्योग र निर्यातकर्तालाई जोगाउनका लागि यसतर्फ लागिपरेको बताइन् । त्यस्तै, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अमेरिकी ट्यारिफ अप्रत्याशित नभएको तर ती पूर्ण रूपमा अनुपयुक्त भएको टिप्पणी गरेका छन् ।