भारतमा प्रवेश गर्यो स्पेसएक्स, हाई स्पीड इन्टरनेटका लागि एयरटेलसँग सम्झौता
Last updated at 10:18 am
अमेरिकी खर्बपति व्यापारी एलन मस्कको इन्टरनट सेवा प्रदायक कम्पनी स्पेसएक्स अन्ततः भारतमा प्रवेश गरेको छ ।
कम्पनीले घरेलु दूरसञ्चार कम्पनी एयरटेलसँग मिलेर भारतमा स्टारलिंक हाई स्पीड इन्टरनेट ल्याउने सम्झौतामा हस्ताक्षर गरेको छ । एयरटेलले आफ्नो सामाजिक सञ्जाल खाता एक्समामा एक पोस्ट मार्फत यो जानकारी दिएको छ।
उक्त विज्ञप्तिमा उल्लेख भएअनुसार एयरटेलले अब भारतमा आफ्ना ग्राहकहरूलाई स्टारलिंकको हाई–स्पिड इन्टरनेट सेवाहरू ल्याउन स्पेसएक्ससँग सम्झौता गरेको बताएको छ ।
यो भारतमा हस्ताक्षर गरिएको पहिलो सम्झौता भएको तर स्पेसएक्सले भारतमा स्टारलिङ्कका सेवाहरू प्रदान गर्न आवश्यक स्वीकृति प्राप्त गरेपछि मात्र सेवा प्रवाह शुरु हुने छ ।
सम्झौता अन्तर्गत एयरटेल र स्पेसएक्स मिलेर स्टारलिङ्कले एयरटेलको सेवाहरू कसरी सुधार गर्न सक्छ भनेर अन्वेषण गर्न मिलेर काम गर्ने विज्ञप्तिमा उल्लेख छ । यसका साथै, भारतीय बजारमा एयरटेलको अनुभवले स्पेसएक्सलाई आफ्ना ग्राहकहरू र व्यवसायहरूलाई सेवाहरू अझ बढाउन मद्दत गर्न सक्ने पनि बताइएको छ ।
यस सम्झौतामा विद्यालय, स्वास्थ्य केन्द्र र दुर्गम क्षेत्रहरूमा जडान प्रदान गर्ने कुरा पनि समावेश छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केहि समयअघि वासिङ्गटनमा मस्कसँग भेटवार्ता गरेको केही हप्तापछि यो सम्झौता भएको हो ।एजेन्सीहरु