बैंकबाट ग्राहकको खातामा ८१ ट्रिलियन डलर जम्मा भएपछि…..
Last updated at 07:23 am
नसोचेको रकम आफ्नो बैंक खातामा जम्मा भएको पाइएपछि एक जना ग्राहक आश्चर्य चकित भएका छन् । आश्चर्य नहुनु पनि कसरि ! हुन त विश्वको बैकिङ इतिहासमा यस्ता घटनाहरु बारम्बार दोहोरिने गरेका छन् ।हो, यस्तै भएको छ, अमेरिकामा ।यो घटना गत सन् २०२४ को अप्रिल महिनाको हो ।
फाइनान्सियल टाइम्सका अनुसार अमेरिकामा रहेके प्रतिष्ठित सिटी बैंकले एकजना ग्राहकको खातामा ८१ ट्रिलियन डलर ११ दशमलव २५९ पद्म नेपाली रुपैयाँ जम्मा गरिदिएको पाइएको छ ।उक्त बैंकमा भएको यो गल्ती फाइनान्सियल टाइम्सले सार्वजनिक गरिदिएपछि विश्वभर नै हलचल मच्चिएको छ ।
उक्त कम्पनीका कर्मचारीले एक ग्राहकको खातामा २८० डलर जम्मा गरिदिनुपर्नेमा भुलवश ८१ ट्रिलियन डलर जम्मा गरिदिएका थिए । तर यो गल्ती करिब ९० मिनेटपछि अर्का एक कर्मचारीले थाहा पाएका थिए । त्यो रकम फिर्ता गर्न भने घण्टौं समय लागेको थियो ।तर ती ग्राहकले आफ्नो खातामा जम्मा भएको रकमबाट एक डलर पनि खर्च गरेका भने थिएनन् ।
अचम्म त के छ भने जुनियर कर्मचारीले रकम जम्मा गरिदिनुअघि तयार पारेको विवरण माथिल्लो पदका अर्का एक कर्मचारीले पनि हेरेका थिए । तर उनले पनि त्रुटी पत्ता लगाउन सकेनन् । र, ग्राहकको खातामा अस्वाभाविक परिमाणमा रकम जम्मा भएको थियो ।
सिटी बैंकका अनुसार ‘निगरानी नियन्त्रण’का कारण तुरुन्तै दुई लेजर खाताहरुबीचको इनपुट त्रुटी पहिचान भएको थियो । खातामा जम्मा भएको रकम तत्कालै फिर्ता गरिएको थियो । उक्त कम्पनी अमेरिकाको बहुराष्ट्रिय वित्तीय सेवा कम्पनी सिटी ग्रूपले सञ्चालन गर्दै आएको छ ।
यसको प्रधानकार्यालय अमेरिकाको न्यूयोर्कमा छ ।सिटी बैंक विश्वका सबैभन्दा ठूला बैंकमध्येमा पर्दछ । यसका शाखा १६० भन्दा बढी देशमा छन् ।एजेन्सीहरु