हिमालयन डिष्टिलरीको २५ प्रतिशत नगद लाभांश घोषणा
Last updated at 10:51 am
हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट नगद लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्तापूँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा २० प्रतिशत बोनस शेयर छ भने ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) छ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते, आइतबार, आफ्नो रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजेदेखि शुरु हुनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २० गते बुकक्लोज गर्ने भएको छ।जसअनुसार कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा उक्त लाभांश प्राप्त गर्न सक्नेछन्।
हाल धितोपत्र बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ३१० रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी ३ दशमलव शून्य ७ अर्ब रुपैयाँ छ ।