झापा इनर्जीको आईपीओ बाँडफाँट
Last updated at 10:38 am
झापा इनर्जी लिमिटेडको आईपीओ बुधबार बिहान बाँडफाँट भएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।
जसअनुसार ४७ हजार ३३३ जनाले १० कित्ताका दरले कम्पनीको शेयर पाएका छन्। यसका साथै यसरी बाँडफाँट बाँकी हुन गाएको ६ कित्ता शेयर सोही लगानीकर्ताहरुमा एक कित्ताका दरले बाँडफाँट गरिएको छ। जसअनुसार ६ जना आवेदकले ११ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
कम्पनीले गत भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ७३ हजार ३३६ कित्ता शेयर निष्कासन गरेको थियो। सो शेयरमा १८ लाख ६८ हजार १४१ जनाले २ करोड ३ लाख ५१ हजार ६७० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये १८ लाख ३३ हजार ७३८ आवेदन स्वीकृत भएका छन् भने बाँकी रद्द भएका छन्।