एसवाई प्यानलले धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न पायो अनुमति
Last updated at 07:12 pm
एसवाई प्यानेल नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मंगलबार ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्नको लागि अनुमति पाएको हो ।
यो कुल कम्पनीको जारी पूँजीको ४० प्रतिशत हो । कम्पनीको कुल पूँजी १ अर्ब ३० करोड ७१ लाख ३७ हजार १०० रुपैयाँ छ । कम्पनीको धितोपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ ।
२०७४ असार २० गते स्थापना भएको उक्त कम्पनीले कोरियाली प्रविधि भएको कोरियाली गुणस्तर चिन्ह पाइसकेको छ । कम्पनीको प्रधान कार्यालय काठमाडौमा छ । कम्पनीले चितवन जिल्लाको रत्ननगर नगरपालिका १४, पिठुवामा फ्याक्ट्री स्थापना गरी भवन निर्माण सम्बन्धी विभिन्न सामाग्रीहरु उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।
Visited 5 times, 1 visit(s) today