प्रि- आईपीओ भनेर पहिले नै धितोपत्र बेचेमा कारबाही : धितोपत्र बोर्ड
Last updated at 07:44 pm
धितोपत्र बजार नियामक नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन भइनसकेका संगठित संस्थाको प्रि–आईपीओ बिक्री गरे कारबाही गरिने चेतावनी दिएको छ।
बोर्डले अनुमति बिना सार्वजनिक रुपमा संगठित संस्थाको धितोपत्र खरिदरबिक्री नगर्न भनेको छ।
वाट्सएप, भाइबर, फेसबुक पेज, इमेल र एसएमएसमार्फत अनधिकृत रुपमा शेयर प्रस्ताव गर्ने कार्य दण्डनीय भएको पनि बोर्डले सोमबार प्रकाशित गरेको सूचनामा उल्लेख गरेको छ।
विभिन्न संगठित संस्थाको भविष्यमा आईपीओ आउने भन्दै पहिले नै सर्वसाधारणलाई धितोपत्र खरिद गर्न प्रस्ताव गरिने कार्य अनधिकृत रहेको उसको भनाइ छ ।
विभिन्न प्रस्ताव गरी सर्वसाधारणबाट पैसा उठाइएको जनगुनासो बोर्डमा आएको भन्दै उसले यस्ता कार्य रोक्न निर्देशन दिएको छ ।
‘बोर्डबाट अनुमति प्राप्त नगरी सार्वजनिक रुपमा संगठित संस्थाको शेयर खरिदरबिक्री सम्बन्धी कार्य नगर्नरनगराउन सूचित गरिन्छ’ बोर्डले सार्वजनिक सूचनामार्फत भनेको छ ‘धितोपत्र सम्बन्धी ऐन २०६३ ले गरेको व्यवस्था विपरितका यस्ता कार्य दण्डनीय भएकाले यस्ता क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराउँदै सम्पूर्ण लगानीकर्तालाई यस्ता कार्यमा सहभागी नहुन बोर्ड अनुरोध गर्दछ ।’