आईपीओ निष्कासन गर्ने योजनामा सोपान फर्मास्युटिकल्स
Last updated at 10:42 am
सोपान फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने योजना बनाएको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।गत साउन २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १६ औं साधारण सभा बोलाएको हो ।
उक्त सभा आगामी भदौ १५ गते ललितपुरमा रहेको आँगन भेन्यू एण्ड रेष्टुरेन्टमा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विषयमा निमयनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसैगरी, सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा सो अवधिको वित्तीय विवरणहरु समेत पारित गर्नेछ ।
कम्पनीले सर्वसाधारणमा १४ लाख कित्ता बराबरको धितोपत्रको सार्वजनिक निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले यसअघि नै एनएमबि क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिसकेको छ ।
ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वार्ड नं ८ मा कम्पनीको मुख्य कार्यालय छ । जसमा गैर आवासीय नेपाली व्यवसायीहरु, विभिन्न व्यापारिक घराना, औषधि, स्वास्थ्य तथा अन्य क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुको लगानी छ ।