स्वस्तिक लघुवित्तको आईपीओ साउन ३० गतेदेखि निष्कासनमा
Last updated at 10:33 am
स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आगामी साउन ३० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये पहिलो चरणमा कम्पनीले १ हजार १५५ कित्ता शेयर कर्मचारीहरुका लागि, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि २३ हजार १०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँबराबरको १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्कासन गर्न लागेको हो।
धितोपत्र निष्कासन बन्द छिटोमा भदौ ३ गते र ढिलोमा भदौ १३ गते हुनेछ। सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट प्रदान गरेको छ। यसले लघुवित्तको समयमा वित्तीय दायित्व पूण गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग छ।