श्रीनगर एग्रोटेक इण्डष्ट्रिजले पायो आईपीओ निष्कासन गर्न अनुमति
Last updated at 07:17 pm
श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट साउन १३ गते अनुमति पाएको हो । अब कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको हो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेड छ ।
Visited 3 times, 1 visit(s) today