आईपीओ ल्याउने तयारीमा नेबिको, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
Last updated at 06:42 am
बिस्कुट उत्पादक कम्पनी नेबिको लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २० करोड मूल्यबराबरको शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।
कम्पनीले उक्त शेयर निष्कासनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई धितोत्रप निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा नेबिको लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेड बीच गत साउन ८ गते शेयर निष्कासनसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा नेबिको लिमिटेडका तर्फबाट अध्यक्षश्री राज बहादुर सिंह र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।
नेबिको लिमिटेड सन् १९६४ मा स्थापना भएको नेपालकै पुरानो र प्रख्यात खाद्य उत्पादन कम्पनी हो । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको मूख्य कारखाना तथा हेटौंडा, भैरहवामा थप भएका उद्योगबाट बिस्कुट र कन्फेक्शनरी उत्पादन गर्दै आएको यस कम्पनीको वार्षिक उत्पादन क्षमता १ हजार ५०० मेट्रिक टन छ ।
यसको व्यापार विभिन्न प्रमुख खाद्य क्षेत्रमा छ । बिस्कुट, कन्फेक्शनरी, कुकिज,सिरियल्स कम्पनीका हालका मूख्य उत्पादनहरु हुन् ।आगामी आर्थिक वर्षहरुमा बेकरी, वेफर, पफ लगायतका उत्पादनहरु स्वदेश र बिदेशमा बिस्तार गर्ने योजना रहेको कम्पनीले बताएको छ ।
यसको लागि हेटौंडा औद्योगिक क्षेत्रमा कम्पनीको भवन निर्माण सम्पन्न भइरहेको छ भने आवश्यक मेसिन खरिद प्रक्रिया अघाडि बढिरहेको कम्पनीका कार्यकारी प्रमुख होमनाथ न्यौपानेले दिए ।