हिमस्टार ऊर्जाको शेयर बाँडफाँट, ७७ हजार बढी आवेदकले पाए शेयर
Last updated at 04:41 pm
हिमस्टार ऊर्जा कम्पनीको आईपीओ बुधवार अपरान्ह बाँडफाँट भएको छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडको कार्यालय थापाथलीमा भएको बाँडफाँटमा ७७ हजार ३९२ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् भने अरु ५ जना भाग्यशाली लगानीकर्ताले भने ११ कित्ताको दरले शेयर प्राप्त गरेका छन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ करोड ७३ लाख ९७ हजार ५०० रुपैयाँ बराबरको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर गत असार २४ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको थियो।
सो शेयरमा कुल २० लाख ४४ हजार ४५६ जनाले २ करोड ४० लाख १३ हजार ९७० कित्ता शेयरका लागि आवेदन दिएका थिए जसमध्ये १९ लाख २८९ आवेदन स्वीकृत भएको छ भने १ लाख ४९ हजार ८० आवेदन रद्द भएको छ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फतआईपीओ बाँडफाँट गरिएको छ।