झापा इनर्जीले पायो आईपीओ निष्कासन गर्न अनुमति
Last updated at 04:33 pm
झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३१ गते आईपीओ निष्कासनका लागि अनुमति दिएको हो।अब कम्पनीले जारी पूँजीको २५ प्रतिशत आईपीओ निष्कासन गर्नेछ ।
जसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँबराबरको ९ लाख ५० हजार ४७५ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल छ।कम्पनीले झापा जिल्लाको शिवसताक्षी नगरपालिका–४ बुलुचोकमा सौर्य विद्युत् परियोजना सञ्चालन गरिरहेको छ ।
Visited 2 times, 2 visit(s) today