हुलास इन्फ्राको प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारी, धितोपत्र बोर्डमा दियो निवेदन
Last updated at 07:50 pm
हुलास इन्फ्राले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
कम्पनीले गत असार २४ गते बोर्डमा निवेदन दिँदै प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न निवेदन दिएको हो। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २३३.५६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३.५६ रुपैयाँमा शेयर निष्कासन गर्नेछ।
कम्पनीले कुल ३५ लाख ४७ हजार १८८ कित्ता आईपीओ निष्कासन गर्ने योजना बनाएको छ।जसअन्तर्गत कम्पनीले १ अर्ब १८ करोड ३२ लाख २९.२८ रुपैयाँ पूँजी संकलन गर्नेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ छ।उक्त कम्पनी गोल्छा अर्गनाइजेसनद्वारा प्रवर्द्धित छ ।
सन् २०११ मा स्थापना भएको उक्त कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीको रुपमा परिणत भएको थियो । हुलास इन्फ्रा स्टिल उत्पादन गर्ने सहायक उद्योग हो । कम्पनी शटर पत्ती, हट रोल्ड कोयल र एफजीट्यूब लगायत अन्य सामग्रीको डिजाइन, निर्माणमा संलग्न छ ।