हिम स्टार ऊर्जा कम्पनीको आईपीओ आजदेखि निष्कासनमा
Last updated at 10:21 am
हिम स्टार ऊर्जा कम्पनीको आईपीओ आज अर्थात् मंगलबारदेखि सर्वसाधारणका लागि खुलेको छ ।
पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि सेयर बाँडफाँट भइसकेपछि कम्पनीले सर्वसाधारणका लागि खुलाएको हो ।
कम्पनीको आईपीओमा असार २७ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले कुल जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत शेयर सर्वसाधारण समूहका लागि निष्कासन गर्न लागेको हो । जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, म्युचुअल फन्ड, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर मात्रै आम सर्वसाधारणका लागि खुलेको हो ।
सर्वसाधारणले न्यूनतम १० तथा अधिकतमा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सीमामा बग्ने बुकु कापटी खोलाबाट ५ मेगावाट क्षमताको आयोजना सञ्चालन गरेको छ ।