नेपाल इन्स्योरेन्सको ३४.७८ प्रतिशत हकप्रद शेयर साउन ६ गतेदेखि निष्कासनमा
Last updated at 12:28 pm
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी साउन ६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको आधारमा ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ६५ लाख ७६ हजार ९६७ दशमलव ७६ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको हकप्रद शेयर खरीदका लागि साउन २६ गतेसम्म शेयरधनीले आवेदन दिन सक्नेछन् । हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल छ ।
हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्ने आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
उक्त कम्पनीले यसअघि १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको आधारमा ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ चुक्तापूँजी कायम हुनेछ ।
हकप्रद पछि कम्पनीको नेपाल बीमा प्राधिकरणले तोके बमोजिम चुक्तापूँजी कायम हुनेछ ।