बुङ्गल हाइड्रोपावरले धितोपत्र बोर्डबाट पायो आईपीओ निष्कासनको अनुमति
Last updated at 06:59 pm
बुङ्गल हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आइतबार कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको हो ।
कुल ८३ लाख कित्ता शेयरमध्ये ३५ प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्न कम्पनीले अनुमति पाएको हो । अब २९ लाख ५ हजार कित्ता शेयर सर्वसाधारण समूहमा निष्कासन हुनेछ ।
कम्पनीले अब १०० रुपैयाँ अंकित मूल्यमा २९ करोड ५ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गर्न अनुमति पाएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय निकाय र वैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरुका लागि शेयर निष्कासन गरेपश्चात् दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल छ ।कम्पनीले बझाङ जिल्लामा १० दशमलव ७० मेगावाट क्षमताको अपर सानिगढ जलविद्युत् आयोजना बनाइरहेको छ ।