सन नेपाल लाइफको हकप्रद शेयर बाँडफाँट, बाँकी शेयर लिलाम बढाबढमा आउने
Last updated at 11:14 am
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर बिहीबार बाँडफाँट गरिएको छ।उक्त शेयर धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँट गरिएको हो।
रितपूर्वक आवेदन दिएका कुल ३ लाख ९० हजार ३५० जना शेयरधनीलाई १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता शेयर बाँडफाँट गरिएको कम्पनीले बताएको छ।
कम्पनीले गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म १ः०.२७ अनुपात अर्थात् २७ प्रतिशत हकप्रद शेयर निष्कासनमा ल्याएको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो।
जसमा कुल कित्तामध्ये कम्पनीको २ लाख २४ हजार ७२८ कित्ता शेयर बिक्री हुन बाँकी रहेको देखिन्छ। अब यो शेयर कम्पनीले लिलामी प्रक्रियामार्फत पुन : निष्कासन गर्ने योजना रहेको बताएको छ ।
साथै कम्पनीले हकभन्दा बढी हकप्रद शेयरका लागि आवेदन गरी बाँडफाँडमा नपरेका शेयरधनीहरुको रकम भुक्तानी अगामी चैत ३० गतेदेखि आईपीएसमार्फत बैंक खातामा रकम जम्मा गरिने पनि बताएको छ ।