पिपुल्स पावरको हकप्रद शेयर असार २२ गतेदेखि निष्कासनमा
Last updated at 07:56 am
पिपुल्स पावर लिमिटेडले आगामी असार २२ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
अव कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।कम्पनीको हकप्रद शेयरमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
हाल कम्पनीको चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँ छ। शेयर निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ।