आईपीओ प्रस्ताव पारित गर्न ठमेल प्लाजाले बोलायो विशेष साधारण सभा
Last updated at 09:38 am
ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले आईपीओ निष्कासनको मूख्य प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । गत असार ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असार २४ गते विशेष साधारण सभा बोलाएको हो ।सभा होटलकै सभाकक्षमा बिहान ९ बजेदेखि शुरु हुनेछ ।
उक्त सभाले सर्वसाधारणलाई छुट्टाइएको आईपीओ जारी गर्ने र यस सम्बन्धमा नियमनकारी निकायबाट कुनै प्रकारको संशोधन,फेरबदल वा थपघट गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र जारी पूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १० लाख कित्ता आईपीओ निष्कासन गर्ने योजना रहेको बताएको छ ।