टुरिजम इन्भेष्टमेन्ट फण्डद्वारा आईपीओ निष्कासनको तयारी,बोलायो साधारणसभा
Last updated at 12:03 pm
टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । कम्पनीले आईपीओको निष्कासनसहितका प्रस्तावहरु पारित गर्ने उद्देश्यसहित साधारण सभा बोलाएको छ ।
गत असार ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पाँचौं वार्षिक साधारण सभा असार २८ गते पोखरामा रहेको होटल पौवामा बिहान साढे ८ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।
यसैगरी, सोही सभाले कम्पनीको जारी पूँजीको २० दशमलव ५३ प्रतिशत आईपीओ निष्कासन गर्ने र यसका लागि सम्बन्धित निकायमा स्वीकृतीका लागि पेश गर्ने तथा नियमनकारी निकायबाट प्राप्त निर्देशन बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसैगरी, सभाले रिक्त रहेको सञ्चालक पदपूर्ति गर्ने, लाभांश वितरण गर्ने र लगानी सम्बन्धी प्रस्तावहरु समेत पारित गर्नेछ । साथै सभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन तथा सोही अवधिको वित्तीय विवरणहरु समेत पारित गर्नेछ ।