प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने सिम्रिक एयरको तयारी
Last updated at 11:12 am
वायु सेवा कम्पनी सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले आईपीओ निष्कासनको लागि विशेष प्रस्तावसहित साधारण सभा बोलाएको छ । गत असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असार २५ गते काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा साँझ ५ बजेदेखि सभा बोलाउने निर्णय गरेको हो ।
उक्त सभाले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने र बोनस शेयर वितरण गर्ने विेशष प्रस्ताव पारित गर्नेछ ।
यसैगरी, सभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तथा लेखापरीक्षणको प्रतिवेदनसहित उक्त आवको वित्तीय विवरणहरु समेत पारित गर्नेछ ।
Visited 9 times, 1 visit(s) today