रिलायबल नेपाल लाइफको साधारणसभा सम्पन्न,लाभांश पनि पारित
Last updated at 11:10 am
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तावित हाल कायम चुक्तापूँजी ४ अर्ब ६४ करोड रुपैयाँको कुल १२ दशमलव ६३ प्रतिशत लाभांश पारित गरेको छ । जसमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश छ।
यसैगरी, सभाले बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
त्यस्तै सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न वा अन्य आवश्यक कार्य गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ । सोही सभाले चालू आर्थिक वर्ष २०८१/०८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ ।