हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति
Last updated at 10:12 am
हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । जसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले प्रतिकित्ता १६९ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता शेयर निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले संस्थापक र सर्वसाधारणतर्फको शेयर संरचना ७० :३० अनुपात कायम गर्ने एफपीओ निष्कासन गर्न लागेको हो । धितोपत्र बोर्डबाट अनुमति पाएको खण्डमा अब कम्पनीले १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गर्नेछ ।
कमपनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल छ ।
Visited 9 times, 1 visit(s) today