अब नेप्सेको पुनर्संरचना र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स (पूर्णपाठसहित)
Last updated at 07:39 am
धितोपत्र बजार नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) ले धितोपत्र बजार सञ्चालनको लागि एकभन्दा बढी सङ्गठित संस्थालाई अनुमति दिन उपयुक्त हुने र नहुने सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन, २०८१ सार्वजनिक गरेको छ।
हुन त यस अघि नै उक्त प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय सरकारले गरिसकेको छ। नेपाल सरकारको २०८१ पुस ५ मा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको नेतृत्वमा गठित अध्ययन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
सरकारले निर्देशन दिए लगत्तै अर्थ मन्त्रालयले उक्त प्रतिवेदन कार्यान्वयनको जिम्मा आफू मातहत रहेको धितोपत्र बोर्डलाई दिएको थियो। जसअनुसार सेबोनले मंगलबार उक्त प्रतिवेदन सार्वजनिक गरेको हो।
शक्ति सन्तुलन तथा नियमनको आधारभूत सिद्धान्तका आधारमा नियामक निकायको स्वामित्व भएको संस्थाले बजार सञ्चालन गर्दा स्वार्थ बाझिन गई प्रभावकारी नियमन हुन नसक्ने भएकोले समेत नेपालमा नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा उल्लेख भएअनुसार अब नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिनु पर्ने छ। अर्को तर्फ हाल सञ्चालनमा रहेको नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गर्नु पर्ने उल्लेख छ।
विस्तृतमा हेर्नुहोस् प्रतिवेदन :