जोशी हाइड्रोपावरले पायो हकप्रद शेयर निष्कासन गर्न अनुमति
Last updated at 08:27 pm
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो। धितोपत्र बोर्डले यो कम्पनीलाई हाल कायम चुक्तापूँजी १ः० दशमलव ६५ अनुपात अर्थात ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ।
अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ।
Visited 2 times, 1 visit(s) today