सान्भि इनर्जीको आईपीओ बाँडफाँट, ३ हजार ६७४ आवेदन रद्द
Last updated at 08:20 pm
सान्भि इनर्जीको आईपीओ सोमबार बाँडफाँट भएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालय ठमेल, काठमाडौंमा आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले गत जेठ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २४ लाख १५ हजार ३०० कित्ता आईपीओ निष्कासन गरेको थियो।
सो निष्कासनमा कुल २० लाख ४३ हजार २४९ जनाले २ करोड ३९ लाख ९१ हजार ८२० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमा ३ हजार ६७४ आवेदन रद्द भएको छ भने २० लाख ३० हजार १५७ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ।
गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको थियो। जसअनुसार कुल २ लाख ४१ हजार ५३० आवेदकल १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
Visited 2 times, 1 visit(s) today