हिम स्टार ऊर्जा कम्पनीको आईपीओ जेठ ३० गतेदेखि निष्कासनमा
Last updated at 07:23 am
हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आगामी जेठ ३० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन बन्द छिटोमा असार १३ गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार १३ गतेभित्र आवेदन दिनु पर्नेछ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल छ।कम्पनीले पाँच मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।