कान्तिपुर फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्ने, एलिट क्यापिटलसँग सम्झौता
Last updated at 07:36 pm
कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । जसका लागि कम्पनीले धितोपत्र प्रत्याभूतिका लागि एलिट क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।
मंगलबार एलिट क्यापिटल र कान्तिपुर फर्मास्यूटिकल्स बीच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । एलिटले कान्तिपुरको १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण शेयरको प्रत्याभूति गरेको हो । यससम्बन्धि सम्झौतामा कान्तिपुर फर्मास्यूटिकल्सका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेका छन्।
कम्पनीले आईपीओ निष्कासनका लागि यसअघि नै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । यसको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ ।
६३ करोड चुक्तापूँजी भएको उक्त कम्पनीले अंकित मूल्य १००रुपैयाँमा १७ लाख कित्ताआईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ ।
सन् २०१८ सालमा स्थापित भएको कम्पनीले भेटेरिनरीसम्बन्धीे औषधिहरूको अनुसन्धान तथा पशुपंछीका लागि आहारपुरक सप्लिमेन्टस उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।