धितोपत्र बोडद्वारा नेटवर्थ नपुगेका १४ कम्पनीको आईपीओ आवेदन रद्द
Last updated at 07:53 pm
नेपाल धितोपत्र बोर्ड(सेबोन) ले प्रतिशेयर नेटवर्थ ९० रूपैयाँ नपुगेको १४ वटा अलग – अलग कम्पनीलाई आवेदन प्रक्रियाबाट हटाएको छ।
शेयर निष्कासन प्रक्रिया चाँडो गरिदिने भन्दै बोर्ड अध्यक्ष निकट व्यक्तिहरूले ५ देखि ७ प्रतिशत कमिसन मागेको आरोप स्वतन्त्र ऊर्जा उत्पादक संस्था ९इप्पान० को कार्यसमिति सदस्यहरूले लगाएपछि बोर्डले यस्तो कदम चालेको हो।
२०८१ जेठमा लेखा समितिले प्रतिशेयर ९० रूपैयाँ नेटवर्थभन्दा कम भएका कम्पनीको शेयर जारी गर्न रोक्का गरेको थियो। तर, यही कारण देखाएर बोर्डबाट परिचालितहरूले कमिसन मागेको आरोप खेपिरहेको बोर्डले पछिल्लो समय यस्तो कदम चालेको हो।
यसबारेमा बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले नेटवर्थ नपुगेका कम्पनीहरुले प्रतिशेयर नेटवर्थ ९० पुर्याएर फेरि निवेदन दिन पाउने बताएका छन्।
धितोपत्र बोर्डले प्रक्रियाबाट हटाएका १४ वटामध्ये एक कम्पनीको विद्युत प्राधिकरणसँग गरिएको विद्युत खरिद सम्झौता (पिपिए) को सम्झौता अवधि सकिएकोले आवेदन तत्काललाई रद्द गरेको छ।
अन्य नेटवर्थ नपुगेका कम्पनीमा अधिकांश जलविद्युत कम्पनी छ। त्यसबाहेक यसअघि अनुमति प्रक्रियामा रहेका प्रभु हेलिकप्टर, कान्तिपुर टेलिभिजन, एकर्ड फर्मा, अन्नपूर्ण केबुलकार लगायतको आवेदन पनि रद्द भएको छ।