नेपाल टेलिकमको नाफामा ४८.६७% गिरावट, यस्ता छन् अन्य सूचक
Last updated at 07:24 pm
नेपाल टेलिकमले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा घटेको छ ।
चैत मसान्तसम्ममा कम्पनीले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको तुलनामा ४८ दशमलव ६७ प्रतिशतले कम हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको आम्दानी शून्य दशमलव ६४ प्रतिशतले घटेर २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको वित्तीय आम्दानी पनि ४६ दशमलव शून्य २ प्रतिशतले घटेको छ भने कुल आम्दानी ८ दशमलव ८९ प्रतिशतले घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १९ रुपैयाँ ९६ पैसा घटेर २१ रुपैयाँ ५ पैसामा सीमित भएको छ। कम्पनीको रिजर्भ कोषमा ७२ अर्ब ७० करोड रुपैयाँबराबर छ ।
यसैगरी, कम्पनीको कुल चालू सम्पत्ति ४४ अर्ब १८ करोड रुपैयाँ र कुल चालू दायित्व २१ अर्ब ६२ करोड रुपैयाँ छ ।कम्पनीको प्रतिशेयर नेटवर्थ ५०३ रुपैयाँ ९३ पैसा छ भने मूल्य आम्दानी अनुपात ४२ दशमलव ७४ गुणा छ।
कम्पनीको चुक्तापूँजी १८ अर्ब रुपैयाँ छ ।साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८७० रुपैयाँ छ ।