सान्भी इनर्जीको आईपीओ आगामी जेठ ९ गतेदेखि निष्कासनमा
Last updated at 02:51 pm
सान्भी इनर्जी लिमिटेडले आगामी जेठ ९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि कुल २४ लाख १८ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको ४३ दशमलव शून्य ७ प्रतिशत अर्थात् ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न गत नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात् ८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि र सर्वसाधारणहरुको लागि सार्वजानिक निष्काशन गर्न छुट्टयाइएको जारी पूँजीको ३३दशमलव शून्य ७ प्रतिशत अर्थात् २९ लाख १० हजार कित्तामध्ये नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १० प्रतिशत अर्थात् २ लाख ९१ हजार कित्ता गत वैशाख ५ गतेदेखि १९ गतेसम्म निष्कासन गरिएको थियो ।
यसैगरी, कम्पनीले ५ प्रतिशत अर्थात १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ५८ हजार २०० कित्ता कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २३ गते हुनेछ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ छ ।केयर रेटिङ्सबाट कम्पनीले बीबी प्लस रेटिङ पाएको छ । जुन रेटिङले औसत जोखिमलाई जनाउँछ ।
कम्पनीले इलामको सूर्योदय नगरपालिकामा जोगमई खोलामा ७ दशमलव ६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ । यो आयोजनाबाट कम्पनीले आम्दानी गरिरहेको छ । आयोजनाको कुल लागत १ अर्ब ५७ करोड २९ लाख रुपैयाँ छ ।