साताको शेयर समीक्षा : बढेको बजारले लय समात्ने संकेत
Last updated at 06:37 am
यो साता धितोपत्र बजार साढे एक प्रतिशतले बढेको छ ।
गत साता २हजार ६२३ दशमलव ८३ विन्दुमा बन्द भएको नेप्से यो साता १ दशमलव ४४ प्रतिशत अर्थात् ३७ दशमलव ८१ अंक बढेर २ हजार ६६१ दशमलव ६४ विन्दुमा बन्द भएको छ।यो साता शेयर बजार ३७ दशमलव ८१ अंकले बढेको छ । अघिल्लो साता भने शेयर बजार ३४ दशमलव १९ अंकले घटेको थियो ।
यो साता धितोपत्रको दोस्रो बजारमा पाँच दिन कारोबार भएको छ। यो साता पाँच कारोबार दिनमा बजार तीन दिन घटेको छ भने दुई दिन मात्र बढेको छ ।
यो साता कुल ४७ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । गत साता भने ३६ अर्ब ७३ करोड रुपैैयाँ बराबरको कारोबार भएको थियो । कारोबार र नेप्से बढेकाले यो साता बजार पूँजीकरण पनि बढेर ४४ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ।
अघिल्लो साता बजार पूँजीकरण ४३ खर्ब ६२ अर्ब रुपैयाँ थियो । यो साता नेप्से परिसूचक र कारोबार दुबै बढेकाले लगानीकर्ताको सम्पत्ति पनि ६५ अर्ब रुपैयाँ बराबर बढेको छ।
यसैगरी, यो साता सेन्सेटिभ इण्डेक्स ६ दशमलव ८९ अंक बढेको छ भने फ्लोट इण्डेक्स पनि ३ दशमलव २५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव ६६ अंकले बढेको छ।लगातार दुई सातादेखि घटेको बजार यो साता बढेको छ । प्राविधिक रुपमा यो साता बुलिस प्रकृतिको क्याण्डल बनेको छ ।
यो साता १३ वटा उपसमूहमध्ये १० वटा उपसमूहको परिसूचक बढेको छ भने तीन वटा उपसमूहको परिसूचक घटेको छ। यो साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ६ दशमलव १३ प्रतिशतले बढेको छ।
त्यसैगरी, यो साता जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस साता सर्वाधिक १ दशमलव २६ प्रतिशतले घटेको छ।
यो साता नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ६१ दशमलव शून्य ४ प्रतिशतले बढेको छ। यसैगरी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य पनि ६१ दशमलव शून्य ३ प्रतिशतले बढेको छ।
सम्भबत अवको केहि दिनमा नै सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने तयारी गर्दैछ । अन्य वित्तीय सूचकहरु पनि सकारात्मक नै छ । त्यसकारण आगामी साता बजारले लय समात्ने संकेत दखिएको लगानीकर्ताहरु बताउँछन् ।