म्याग्दी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति
Last updated at 08:10 pm
म्याग्दी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४७ करोड ४५ लाख रुपैयाँ बराबरको ४७ लाख ४५ हजार कित्ता शेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले गत चैत २७ गते बोर्डमा निवेदन दिएको हो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल छ । कम्पनी अप्रिल २०१७ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो।
कम्पनीले १४ मेगावाट क्षमताको घारखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।
Visited 8 times, 1 visit(s) today