छ्याङ्दी हाइड्रोपावरले हकप्रद निष्कासन गर्न पायो अनुमति
Last updated at 09:47 am
छ्याङ्दी हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएको छ।करिब दुई वर्षपछि कम्पनीले हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको हो ।
२०८० जेठमा हकप्रद शेयर निष्कासनको लागि कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएको थियो। अब कम्पनीले एक बराबर एक अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने छ ।
कम्पनीको हकप्रद शेयर निष्कासनपछि चुक्तापूँजी करिब ७७ करोड रूपैयाँ पुग्नेछ।कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ ।
चालू आवको पुससम्मको वित्तीय विवरण अनुसार कम्पनी १ करोड ८४ लाख रूपैयाँ नोक्सानीमा छ। यसैगरी,उक्त कम्पनी १७ करोड रूपैयाँ सञ्चित नोक्सानीमा छ। कम्पनीसँग सेयर प्रिमियमबापतको एक करोड ८९ लाख रूपैयाँ वितरणयोग्य रकम बाँकी छ।
हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ४७३ रूपैयाँ छ ।