नेको इन्स्योरेन्सको लाभांश घोषणा,बोनस कति ?
Last updated at 05:14 pm
नेको इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/ ०८१ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ।
गत वैशाख ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लाग शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७ दशमलव ३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन्।
Visited 2 times, 1 visit(s) today