ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने,बोलायो साधारण सभा
Last updated at 10:21 am
ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न दोस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
गत चैत २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभा बोलाएको हो । सभा आगामी जेठ १ गते बुटवलमा रहेको महाराजा रिसार्टमा बिहान ९:१५ बजेदेखि शुरु हुनेछ ।
उक्त सभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने र आईपीओ निष्कासनको सम्बन्धमा नियमनकारी निकायबाट कुनै पनि संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसैगरी, अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि सभाले छलफल गर्ने तथा २०८१ असार मसान्तसम्मको वासलात,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरण र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
कम्पनीले यसअघि नै धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरिसकेको छ।कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रकम बराबरको कुल २२ लाख ५० हजार कित्ता साधारण शेयरहरु निष्कासन गर्ने तयारी गरिरहेको छ