विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट
Last updated at 05:26 pm
विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ आइतबार बिहान बाँडफाँट भएको छ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीको एफपीओ बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार ५ हजार १२९ जनाले मात्र कम्पनीको शेयर पाएका छन् ।जसमा १ जनाले ११ कित्ता शेयर पाएका छन् भने एक जनाले १० दशमलव ५ कित्ता शेयर पाएका छन् ।
बिक्री प्रबन्धकका अनुसार कम्पनीको एफपीओमा कुल १९ लाख २३ हजार ४९० जनाको आवेदन परेको थियो। जसमध्ये १९ लाख २० हजार ९३९ जनाको आवेदन मात्र योग्य भएको छ। मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँट गरिएको थियो।
कम्पनीले गत चैत २१ गतेदेखि २६ गतेसम्म हाल जारी पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ र चुक्तापूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रकम बराबरको १०० रुपैयाँ अंकित दरका ५१ हजार २९२ दशमलव ५ कित्ता एफपीओ निष्कासन गरेको थियो ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३० गते एफपीओ निष्कासनको लागि अनुमति दिएको थियो।