सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा लाभांश घोषणा
Last updated at 04:54 pm
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी(सलिको) ले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट नगद लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्तापूँजीको १५ प्रतिशतका दरले कर सहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। गत चैत २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन् ।
हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार २०० रुपैयाँ छ ।
Visited 28 times, 1 visit(s) today