सान्भि इनर्जीको आईपीओ बैशाख ५ गतेदेखि निष्कासनमा
Last updated at 07:07 pm
सान्भि इनर्जी लिमिटेडले आगामी बैशाख ५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड ८० लाख रुपैयाँ बराबरको अंकितमूल्य १०० रुपैयाँ दरले ८ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्नेछ ।कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन पाउने छन् ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ।