एनआईसी एशिया बैंकको ऋणपत्र खुला, मुद्दतीभन्दा बढी ब्याज !
Last updated at 09:37 am
एनआईसी एशिया बैंकको ऋणपत्रमा सोमबारदेखि लगानी आवेदन खुलेको छ ।
कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरको ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।
उक्त ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात् २५ हजार रुपैयाँ लगानी गर्न सकिनेछ । अनलाइन प्रणाली मेरोशेयरमार्फत आवेदन दिन सकिनेछ ।उक्त ऋणपत्रमा छिटोमा चैत २८ गते र सो अवधिसम्म सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा भने बैशाख ८ गतेसम्म आवेदन खुल्ने बिक्री प्रवन्धक प्रभु क्यापिटलले एक सार्वजनिक सूचनामार्फत जनाएको छ ।
सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।
१० वर्षे अवधिको उक्र ऋणपत्रमा लगानी गर्नेले हालको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा बढी प्रतिफल पाउने छन् । हाल बैंकहरुले व्यक्तिगत मुद्दतीमा अधिकतम ६ प्रतिशत ब्याज दिइरहेका बेला ऋणपत्रको प्रतिफल वार्षिक ७ प्रतिशत छ ।