पियोर इनर्जीको आईपीओ चैत २८ गतेदेखि निष्कासनमा
Last updated at 06:49 pm
पियोर इनर्जी लिमिटेडले आगामी चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग छ।
Visited 1 times, 1 visit(s) today